एनएमबी माइक्रोफाइनान्सले माग्यो १५ कर्मचारी



काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदमा १५ कर्मचारीको माग गरेको छ ।

सो कम्पनीले आज प्रकाशित गरेको सूचनाअनुसार नायब कार्यकारी प्रमुखसहित अनुगमन अधिकृतसम्मको पदमा उक्त संख्यामा कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार नायब कार्यकारी प्रमुखमा १ जना, कर्जा जोखिम व्यवस्थापन विभाग, जनशक्ति व्यवस्थापन, वित्त व्यवस्थापन, आन्तरिक लेखापरिक्षण, कर्जा र व्यवसाय, सूचना प्रविधि, कार्यसञ्चालन, सामान्य सेवामा १÷१ जना कर्मचारी माग गरेको छ ।

यस्तै आन्तरिक लेखा परिक्षणमा केही र अनुगमन अधिकृतमा केही कर्मचारी माग गरेको छ । यही माघ २५ गतेसम्म आवेदन दिन सकिने समेत जनाइएको छ ।


क्लिकमाण्डू