मेगा बैंकले ३९ करोड नाफा कमाउँदा, प्रतिसेयर आम्दानी १२.३६ रुपैयाँ



मेगा बैंकले चालु आबको दोस्रो त्रैमासिक अबधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अबधिमा ३९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

बैंकले गत आबको सोही अबधिमा ३७ करोड ९ लाख नाफा कमाएको थियो । अघिल्लो बर्षको पुस मसान्तको तुलनामा २ करोड २७ लाख रुपैयाँले नाफामा वृद्धि गरेको हो ।

बैंकले अघिल्लो बर्षको सोही अबधिको तुलनामा आफ्नो चुक्तापुँजी झण्डै दोब्बर बनाएको छ । गत आबमा ४ अर्ब १ करोड चुक्तापुँजी रहेकोमा चालु आबको सोही अबधिमा ७ अर्ब ३७ करोड पुगेको छ ।

बैंकले अघिल्लो बर्षको तुलनामा ७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । ४५ अर्ब ५७ करोड निक्षेप संकलन गरेको बैंकले ४० अर्ब ७६ करोड कर्जा प्रबाह गरेको हो ।

व्याज आम्दानी र खर्च दुबैं बढेको बैंकले चालु आबको ६ महिनामा २ अर्ब ४९ करोड व्याज आम्दानी गर्दा १ अर्ब ६५ करोड व्याज खर्च गरेको देखिएको छ ।

बैंकको खराब कर्जा दरमा गत आर्थिक बर्षको असार मसान्तमा भन्दा सुधार आएको छ । असार मसान्तमा १.६७ प्रतिशत रहेको खराब कर्जा घटेर ०.९६ प्रतिशतमा आएको हो ।

बैंकको आधार दर अघिल्लो बर्षको ६ महिना भन्दा निकै बढेको छ । अघिल्लो बर्ष ८.४९ प्रतिशत रहेकोमा यस बर्षको ६ महिनामा बढेर १०.९६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १२.३६ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु