‘चिनियाँ रेल वे’मा नयाँ चमत्कार, ९ घण्टामा नै बन्यो स्टेशन (भिडियोसहित)



काठमाडौं । चीनले ९ घन्टामै रेल वे स्टेशन बनाएर पूर्वाधार विकासको क्षेत्रमा चमत्कार गरेको छ ।

बेलायती मिडिया डेली मेलका अनुसार करिब १ हजार ५ सय कामदारले ९ घण्टा काम गरेर नयाँ रेल स्टेशन बनाएका छन् ।

https://www.youtube.com/watch?v=yJzPdfGz01A

उनीहरुले चीनको दक्षिणपूर्वी फुजियान प्रान्तमा तिव्र गतिमा काम गरेर ९ घण्टामै रेल स्टेशन बनाएर आश्चार्यमा पारेका हुन् ।

अहिले पनि चीनले गरेको यस्तै अदभूत काम चर्चामा छ । चिनियाँ कामदारले  काम गर्ने यस्ताे क्षमता देखाएका छन्, जुन अहिले चर्चामा छ ।

सात ट्रेन र २३ डिगर प्रयोग गरेर यो प्रोजेक्ट पूरा गरिएको र सबै कामदारलाई पाँच युनिटमा विभाजित गर्दै एकै पटक काम गरिएको बताइएको छ । उनीहरुले त्यही समयभित्र ट्राफिक सिग्नल र ट्राफिक मोनिटरिङ इक्युपमेन्टसमेत जडान गर्न भ्याएका हुन् ।

उनीहरुले यसरी नानलङ रेलवे स्टेसन तयार पारेका हुन् । उनीहरूले जनवरी १९ बाट सुरु गरेर २० मा काम फत्ते गरेका थिए । उनीहरुले तीनवटा मुख्य रेलरोड कनेक्ट गराएका छन् ।

चाइना ताइसिजु सिभिल इन्जिनियरिङ ग्रुपका डेपुटी म्यानेजर झङ दासाङले कामदारहरुलाई सात समूहमा विभाजन गरेर काम गरेकाले छिटो सकिएको जानकारी दिए । सन् २०१८ भित्र यो रेल नेटवर्कको पूरै काम सकिने बताइएको छ ।

२ सय ४६ किलोमिटर लम्बाईको रेलवेले दक्षिणपूर्वी चीनलाई सेन्ट्रल चाइनासँग जोड्छ । तयार भएपछि यसबाट २ सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा रेल दौडने बताइएको छ ।


क्लिकमान्डु