एमालेले बनायो कोमल ओलीलाई राष्ट्रियसभाको उम्मेदवार, अन्य को-को परे (सूचीसहित)



काठमाडौ । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । एमाले स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो ।

एमाले सचिव प्रदीपकुमार ज्ञवालीकाअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया बिष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा बनाइएको जानकारी दिनुभएको हो ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । अन्य प्रदेशको उम्मेदवारको नामावली एमालेले सार्वजनिक गरेको छैन ।

यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिनेछ

बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको जनाएको छ ।


क्लिकमान्डु