एनआईसी एशिया बैंकको नयाँ शाखा धुलाबारी र काकरभिट्टामा



काठमाडौं । एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा एक समारोहका बिच आज सोमबार ती शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यबाट धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक उद्घाटन भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखासँगै हाल बैंकको शाखा संख्या १५७ पुगेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


क्लिकमान्डु