आयुर्वेदीय उपचार पद्धतिबाटै ठिक हुन्छ मिर्गौलाको समस्या
काठमाडौँ । मिर्गौला समस्याका कारण धेरै मानिसले आफ्नो अमूल्य जीवन गुमाउनु परेको छ । नयाँ अध्ययन र अनुसन्धानबाट आयुर्वेदीय उपचार पद्धति पनि मिर्गौला उपचारका लागि निकै उपयोगी हुने देखिएको छ ।
आयुर्वेदीय उपचार पद्धति अपनाएर स्वास्थलाभ लिएर पहिलेकै अवस्थामा खुशी जीवन बिताइरहेका मानिस पनि अहिले धेरै भेटिने गरेका छन् ।
कुलुङ–८ भोजपुर घर भई हाल अनामनगर बस्ने ५६ वर्षीय भीमादेवी चौहानलाई निकै असहज महसुश भयो । त्यसपछि उपचारका लागि क्यापिसल एण्ड रिसर्च अस्पताल लगियो । त्यहाँबाट ग्राण्डी अस्पतालमा जान भनियो । डाक्टरले उहाँको मिर्गौला निकै खराब भएकाले डायलासिस गर्नुपर्ने सल्लाह दिए।
‘डाक्टरले मिर्गौला काम गर्दैन, डायलासिस गर्नुपर्छ भनेको सुन्दा म झसङ्ग भए, तर मैले त्यहाँ डायलासिस गरिन, आयुर्वेदिक औषधि खाएँ,’ भीमादेवीले भनिन् ।
भीमादेवीलाई उनका ज्वाइँ मोहन घिमिरेले कुपण्डोल गुरुद्वार नजिकै रहेको श्री गणेश आयुर्वेदीय औषधालयमा लागे । वैद्यसँग परामर्श गरी औषधि खान शुरु गरिन्। शुरुमा उनको क्रिटिनाइन ६.३ थियो । उपचारपछि क्रमशः ५.३ हुँदै अहिले ३.४ सम्म आइपुगेको छ । औषधिको प्रयोगसँगै उनको स्वास्थ्य अवस्था सामान्य भएको छ । मानिसको शरीरमा क्रिटिनाइन १.४ सामान्य मानिन्छ ।
भीमादेवीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी आफैंले मजाले हिँड्डुल गर्ने, खाना खाने गर्छिन् ।
‘जीवन सकिए जस्तो लागेको थियो तर वैद्यको औषधिले बचायो,’ उनले भनिन् ।
उनले खुशी व्यक्त गरिन् । उनको अवस्था अस्पताल लैजाँदा निकै शिथिल भइसकेको थियो ।
भीमादेवीजस्तै निर्माण व्यवसायीका अध्यक्ष विष्णुभाइ श्रेष्ठलाई पनि आयुर्वेदिक औषधिले राम्रो सुधार भएको छ । उनले उपचार गर्न शुरु गरेको छ महिना भयो ।
‘आयुर्वेदिक औषधि खाएर अहिले ठीक भएको छ, वैद्यको सल्लाहअनुसार मैले खानेकुरामा ध्यान दिएको छु,’ उनले सुनाए । उनको शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । उनको क्रिटिनाइन बढ्न शुरु गर्दा नै नियन्त्रण गरे ।
चितवन घर भई हाल स्वीचाटार बस्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई आयुर्वेदिक औषधिको प्रयोगले निकै राम्रो भएको छ ।
‘हात गोडा सुनिएकोजस्तो भएको थियो, निकै डराएको थिए, औषधि खाए अहिले ठीक छ,’ उनले भने ।
उनले शुरुमा क्रिटिनाइन १.९ थियो । अहिले १.४ छ । हालसम्म ५०० भन्दा बढी मानिसले वैद्यको सेवाबाट लाभ लिएका छन् ।
वैद्य राउतले २०४५/४६ सालमा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महिने आयुर्वेदीय तालीम लिएर निरन्तर खोज–अनुसन्धानमा लागिपरी मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहेका छन् । उनको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई/चार महिनामा सामान्य हुन्छ । अत्यधिक बढेको छ भने केही समय लाग्न सक्छ ।
आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक पाँच हजार रुपैयाँको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना नखाएमा छिट्टै कम हुँदै जान्छ ।
गणेश आयुर्वेदीय औषधालय प्रालिका अध्यक्ष तथा वैद्य गणेशबहादुर राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक फरक कारणले हुन्छ । थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । मिर्गौला रोगका लक्षण पिसाब कम लाग्ने, पानी कमी, वाकवाकी लाग्ने र गोडा सुन्निने हुन्छ ।
‘बिरामीले अनुशासित भएर आयुर्वेद औषधि खायो भने उपचार पद्धति सहज छ, मैले बजारको आयुर्वेदभन्दा फरक तरिकाले आर्युवेदीय उपचार गर्ने गरेको छु,’ वैद्य राउतले भने ।
पछिल्लो समयमा मिर्गौलाको समस्या अत्यधिक बढिरेहेको छ । पाचन प्रक्रिया भनेको शरीरको मुख्य मेशिन हो । पाचन प्रक्रियामा दूषित चीजहरु जम्मा हुँदा मिर्गौलाले छान्ने काम गर्छ । छान्ने काममा क्रिटिनाइन भन्ने दूषित तत्वले असर गर्छ । त्यसपछि मिर्गौला समस्या हुन्छ । क्रिटिनाइन भन्ने दूषित तत्वलाई कम गर्न औषधि खानुपर्छ ।
‘दश वर्षको अनुभवमा बिरामी अनुशासित भएर जीवन चलाउनलाई समस्या आएको छैन, बिरामी आत्तिएर भौँतारिन्छन्, तिनमा राम्रो भएको देखिँदैन अरूको राम्रो छ,’ उनी बिरामी अनुशासित हुनुपर्ने जरुरी देख्छन् ।
वैद्य राउतका अनुसार १६ वर्षको उमेरको व्यक्ति र ८० वर्षको मानिसको मिर्गौलाको अवस्था एउटै हुँदैन । कतिपयले कुरा नबुझेर डायलासिस गरिरहेका छन् । घरखेत जान्छ । मानिसको जीवन पनि लामो समयसम्म रहँदैन । त्यसकारण पनि आयुर्वेदीय उपचार पद्धति नेपालमा जरुरी छ ।