अध्यक्ष ओलीलाई भारतीय प्रम मोदीद्वारा टेलिफोन



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज अपराह्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

अध्यक्ष ओली र प्रधानमन्त्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको बताइएको छ । मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।

अध्यक्ष ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए।


क्लिकमाण्डू