हतारमा निबेदन दिने लघुवित्तले पाएनन् लाइसेन्स, यस्ता कम्पनीले पाउने भए संचालन अनुमति




काठमाडौं । नेपाल राष्ट्र बैंकले केही लघुवित्त संस्थालाई संचालन अनुमति पत्र दिने निर्णय गरेको छ । २०७३ असार ३० गतेसम्म ‘फिट एण्ड प्रपर टेष्ट’ सम्पन्न भएका लघुवित्तलाई संचालन अनुमति दिने निर्णय भएको हो ।

राष्ट्र बैंकले आर्थिक बर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत लघुवित्त संस्था संचालन अनुमतिका लागि निबदेन लिने कार्य रोकेको थियो । यसरी निबेदन रोकिनु अगाबै फिट एण्ड प्रपर टेष्ट सम्पन्न भएका संस्थालाई संचालन अनुमति दिने निर्णय भएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।

‘२०७३ असार मसान्तसम्म फिट एण्ड प्रपर टेष्ट सम्पन्न भएका संस्थालाई संचालन अनुमतिपत्र दिइने निर्णय भएको छ, यस्तो मापदण्ड पूरा नगरेका कम्पनीले लाइसेन्स पाउदैनन्,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले आर्थिक बर्ष २०७३/७४ को मौद्रिक नीति २०७३ साल असार ३० गते ल्याएको थियो । सो मौद्रिक नीति मार्फत लघुवित्त संस्थाको संचालन अनुमतिपत्र (लाइसेन्स) को लागि निबदेन लिने कार्य रोकिएको थियो ।

सो मौद्रिक नीतिमार्फत लघुवित्तको निबदेन रोकिने शंका लागेपछि र हल्ला चलेपछि अन्तिम समयमा धेरै संस्थाको लागि निबेदन परेको थियो । मौद्रिक नीति सार्बजनिक हुने अन्तिम साता मात्रै २३ वटा लघुवित्त संस्थाको अनुमतिका लागि निबेदन परेको थियो । सोभन्दा अगाडि ९२ वटा निबेदन परेको थियो । निबेदन बन्द हुनुअगाडिसम्म राष्ट्र बैंकमा ११५ वटा निबेदन परेको थियो ।

निबेदन दिने यी संस्था मध्ये २०७३ असार ३० गते सो आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक हुने दिनसम्म फिट एण्ड प्रपर टेष्ट सकिएका संस्थालाई मात्रै निबेदन दिने निर्णय भएको हो ।


क्लिकमान्डु