दोस्रो बैंकिङ एक्स्पो माघ १९ र २० गते हुने



काठमाडौं । दोस्रो बैंकिङ एक्स्पो यहि माघ १९ र २० गते संचालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो ।

वित्तीय जागरण ः राष्ट्रिय अभियान अन्तर्गत बैंकिङ एक्स्पो आयोजना गर्न लागिएको आयोजक मिडिया इन्टरनेशनलले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडी परिरहेको अवस्थामा एक्स्पोले वित्तीय सूचना प्रवाहमा ठूलो मद्दत पुर्याउने बताए ।

बीमा समितिका निर्देशक राजुरमन पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको भन्दै सो आवश्यकता पूरा गर्न बैंकिङ एक्स्पोले मद्दत पुर्याउने बताए ।

बैंकिङ एक्स्पो कार्यक्रमका संयोजक माधव निर्दोषले विशेष गरी, मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई बैंकिङ एक्स्पोले लक्षित गरेको जानकारी दिए ।


क्लिकमान्डु