एनआईसी एसिया बैंकले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा



काठमाडौं । एनआईसी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशनमार्फत एनआईसी एशिया बैंकको पब्लिक एकाउन्टलाई सस्क्राइबगरी आवश्यक जानकारी लिन सकिने छ ।

भाइबर बैकिङ्ग सेवामार्फत ग्राहकहरुले एनआईसी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, ऋणको अबस्था, अनलाईनबाट खाता खोल्ने जसता सुबिधा दिन सक्ने छन् । साथै, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, व्याजदर एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्ने बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

त्यस्तैगरी, एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडैनै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको छ ।


क्लिकमान्डु