ग्लोबल आइएमई बैंकले माग्यो ४७ कर्मचारी, एक हप्ता भित्र आबेदन दिन सकिने



काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न ४७ पदमा रोजगारीका लागि आह्वान गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गरी वरिष्ठ अधिकृत देखि ट्रेनी सहयोगीसम्मका पदमा रोजगारीका लागि आह्वान गरेको हो ।

बैंकको सूचनामा जनाइएअनुसार असिस्टेन्ट म्यानेजरमा ३ जनाका लागि रोजगारीको अवसर प्रदान गर्ने भएको छ ।

यस्तै वरिष्ठ अधिकृतमा ४ जना, कनिस्ठ अधिकृतमा ९ जना, वरिष्ठ सहायकका २६ जना, म्यानजेमेन्ट ट्रेनीमा केही र ट्रेनी सहयोगीमा केही पदमा आवेदन माग गरेको हो ।

रोजगारीको व्यवस्थापन भने आस्क मी म्यानेजमेन्टले गर्ने गरी सूचना प्रकाशित गरिएको छ । इच्छुकले उक्त पदहरुमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

नेपालका क वर्गका वाणिज्य बैंकहरुको भीडमा ग्लोबल आईएमई बैंक अग्रणी बैंकको रुपमा रहेकाले उक्त बैंकको रोजगारीलाई आकर्षक रोजगारीको रुपमा लिइन्छ ।

इच्छुक ब्यक्तिले २४ जनवरीसम्ममा आबेदन दिन सक्ने छन् ।


क्लिकमान्डु