ग्लोबल आइएमई बैंकले सुरु गर्यो बाग्लुङ्गमा शाखारहित सेवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले पुस २९ गतेबाट बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका ५, बिँहुपोखरा तथा मिति २०७४ माघ १ गतेबाट बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा आफ्नो ५९ र ६०  औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा खोलिएको सेवाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय उषा रानी शर्मा तथा विँहुपोखरामा खोलिएको सेवाको लागि स्थानिय महेन्द्र पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु