डब्लूएचओको मापदण्डअनुसारको फोर सिजन मिट मार्ट संचालनमा



काठमाडौं। उपभोक्ताहरुलाई स्वस्थकर मासु उपलब्ध गराउने उद्धेश्यका साथ अत्याधुनिक प्रविधिसहितको मिट मार्ट फोर सिजन मिट मार्ट संचालनमा आएको छ ।

बिगत १८ वर्षदेखि हङ्गकङ्गमा संचालित फोर सिजन स्टोरको अनुभव र अवधारणाअनुसार नेपालमा पनि सेवा बिस्तार गरिएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको चपली, भद्रकालीमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को मापदण्डअनुसारको अत्याधुनिक मिट मार्ट संचालनमा आएको हो । सो मिट मार्टको एक कार्यक्रमका बीच बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव खरेलले उद्घाटन गरे ।

नेपालमै पहिलो पटक डब्लूएचओ र यूएन एफएकोको स्तर र मापदण्डअनुसार तापक्रममा फ्रिज एवं चिलरमा कुखुरा, खसी हाँस, टर्की, अस्ट्रिजका मासुका साथै राँगा, बंगुरका छुट्टाछुट्टै प्याकिगं सिस्टममा मासु तथा माछाहरु राखेर बिक्री गरिने कम्पनीका संचालक आविश्कार लाल श्रेष्ठले जानकारी दिए ।

‘हामीले उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरिय किसिमले विभिन्न मासु तथा माछाहरु उपलब्ध गराउन अत्याधुनिक प्रविधियुक्त मिट मार्ट संचालनमा ल्याएका हौं,’ उनले भने ।

फोर सिजन मिट मार्टमा दक्ष प्राविधिकहरुले आधुनिक मेसिनको प्रयोग गरेर मात्र मासु काट्ने गर्दछन्, जसले गर्दा गुणस्तरीय र स्वस्थकर मासु मात्र उपलब्ध हुने जानकारी दिईयो ।

मिट मार्टले ग्राहकहरुको मागअनुसार मासुका लागि आवश्यक मरमसलाहरु, मिट ससेज, सि–फुडका साथै पकाउन मिल्ने गरि तयारी मासुका सामाग्रीहरु समेत बिक्री गर्ने जनाएको छ ।


क्लिकमान्डु