सानिमा बैंकमा सयौलाई रोजगारी खुल्यो, ब्रान्च म्यानेजरदेखि सहयोगीसम्म



काठमाडौं । सानिमा बैंकले विभिन्न पदमा आर्कषक रोजगारीको अवसर दिने भएको छ । बैंकले एक सूचना मार्फत ब्रान्च मेनेजरदेखि रिलेशन म्यानेजरसम्मका पदमा आवेदन माग गरेको छ ।

बैंककाअनुसार घोराही, पोखरा, इलाम, तानसेन, डडेल्धुरा, सप्तरी, कैलाली, दाङ, उदयपुर, दैलेख, गोरखालगायतका स्थानमा रोजगारीको अवसर प्रदान गर्न लागेको छ ।

ब्रान्च म्यानेजर पदमा मास्टर डिग्री गरेकाले आवेदन दिन पाउनेछन् ।

रिलेशन म्यानेजर, रिलेशन अफिसर, अपरेशन अफिसर इन्चार्ज, इन्फरमेशन अफिसर, एसिस्टेन्ट इन्फरमेशन टेक्नोलोजी, म्यानजेमेन्ट टे«नी, जुनियर एसिस्टेन्ट, चाइनिज विजनेश डेपलपमेन्ट अफिसर, कार्ड अफिसरलगायतका विभिन्न पदमा बैंकले आवेदन माग गरेको हो ।

योग्यता पुगेकाले बैंकका विभन्न शाखामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 


क्लिकमान्डु