अपि पावरले ८ प्रतिशत बोनस दिने, दोर्दीले आइपीओ जारी गर्ने



काठमाडौं । विभिन्न जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई आर्कषक बोनस शेयर घोषणा गरेका छन् ।

अपि पावर कम्पनी र लिवर्टी इनर्जीले साधारणसभा सम्पन्न गरेका हुन् । अपि पावर कम्पनीले आव २०७३÷७४ को खुद मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आइतबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाले आठ प्रतिशत बोनस शेयरबाट कायम रहने शेयर संख्या ११ करोड ३४ लाख कित्ता हुनेछ ।

त्यसमा विद्यमान एक शेयर बराबर दुई शेयरका दरले हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । हकप्रद शेयरबाट २ अर्ब २६ करोड ८० लाख प्राप्त हुनेछ ।

सो रकममध्ये १अर्ब सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशूली–गल्छी जलविद्युत् आयोजनामा लगानी गर्ने तयारी गरिएको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले जानकारी दिए ।

यस्तै बाँकी रहने १ अर्ब २६ करोड ८० लाख अपि पावरले निर्माण गर्ने १८ मेगावाट क्षमताका विभिन्न सौर्य ऊर्जा प्रणालीमा लगानी गर्ने तयारी गरिएको छ ।

यस्तै अपि पावरले माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रियासमेत सुरु गरेको छ । दार्चुलामा आयोजनास्थल रहेको माथिल्लो चमेलिया ४० मेगावाट क्षमताको रहेको छ । सो आयोजनाको लागत ७ अर्ब २० करोड रहेको छ ।

यस्तै लिवर्टी इनर्जी कम्पनीको पनि आज साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आम सर्वसाधरणमा शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले तीन वटा जलविद्युत् आयोजना निर्माण अगाडि बढाएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दोर्दी ए जलविद्युत् आयोजना आगामी असोजमा सम्पन्न गर्ने तयारी गरिएको छ । आयोजनाको शुक्रबार मात्रै मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ ।

कम्पनीले प्रर्वद्धन गरेको बागलुङमा आयोजनास्थल रहेको बडीगाड खोलामा २१ मेगावाट जलविद्युत् आयोजना निर्माण शुरु गर्ने तयारी गरेको कम्पनीका प्रमुख कुशकुमार जोशीले जानकारी दिए ।

यस्तै सानिमा माई हाइड्रोपावर लिमिटेडको पनि शुक्रबार साधारणसभा सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ११५ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यसका लागि १ अर्ब ८ करोड रकम लगानी गर्ने प्रस्ताव पारित गरेको छ ।

४८ करोड, २८ मेगावाट क्षमताको तल्लो लिखुमा ४५ करोड र १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत् आयोजनामा १५ करोड लगानी गर्ने प्रस्ताव पारित गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा सुर्वणदास श्रेष्ठले जानकारी दिए । ।

मध्यतमोर र लोअर लिखुमा हकप्रद शेयर निष्कासबाट प्राप्त रकम र मैलुङखोलामा गत आवमा गरेको खुद नाफा सञ्चित कोषमा राखेर लगानी गर्ने तयारी गरिएको उनले जानकारी दिए । गत आवमा कम्पनीले २८ करोड ९९ लाख खुदनाफा गरेको थियो ।

सानिमामाइले २२ मेगावाट क्षमताको माई र सात मेगावाट क्षमताको माइक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु