बिगबोस सिजन-११ को फाइनल आज, सट्टेबाजीमा १ हजार करोड लगाइएको अनुमान



काठमाडौं । भारतीय चर्चित रियालिटी टेलिभिजन शो बिगबोस सिजन ११ को आज फाइनल तथा बिजेता घोषणा हुँदैछ ।

भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रशारण भईरहेको बिगबोसको फाइनल कसले जित्ला भनेर निकै चासोका साथ हेरिएको छ ।

नेपालमा पनि दर्शकहरुमाझ चर्चित रहेको टेलिभिजन रियालिटी सोमा फाइनलका लागि हिना खान, शिल्पा सिन्धे, विकास गुप्ता र पुनिश शर्मा भिडन्त गरिरहेका छन् ।

सो रियालिटी शोमा कसले जित्ने र प्राइज मनि कसले लाने हो भनेर बताउन निकै कठिन रहेको बेला त्यसको बारेमा अनुमान लगाउँदै सट्टेबाजी भईरहेको छ ।

भारतीय संचारमाध्यमा आएका खबरअनुसार सो टेलिभिजन शोको बिजेताहरुको बारेमा विभिन्न अनुमान गर्दै सट्टाबजारमा मोलतोल भईरहेको छ ।

टाइम्स अफ इण्डियाकाअनुसार दिल्ली क्षेत्रबाट मात्रै सयौं करोड भारुको बाजी थापिएको छ । चारै जनाबीच करोडौंको बाजी थापिएको हो ।

टेलिभिजन शोको बिजेताको लागि मात्रै सट्टेबाजहरुले करिब २०० देखि २५० करोड रुपैयाँको बाजी थापेका छन् । अझ दिल्लीको एनसिआर क्षेत्रबाट समेत जोड्दा यो करिब १ हजार भारु हुने बताईएको छ ।

यो सट्टाबाजी बिगबोसको लागि अहिलेसम्मकै सबैभन्दा धेरै भएको अनुमान गरिएको छ, जून आईपीएल वा कुनै एक दिवसीय क्रिकेट म्याच भन्दा अधिक हो ।

सट्टेबाजहरुका अनुसार शिल्पाले शो जित्न सक्ने ३० प्रतिशत अनुमानको आधारमा उनको नाममा दिल्ली क्षेत्रबाट धेरै रकम सट्टा बजारमा लगानी गरिएको छ भने पुनिशले जित्ने संभावना निकै कम रहेको हुँदा उनको नाममा सबैभन्दा कम लगानी रहेको छ ।

त्यसैगरि हिना खानको नाम सट्टे बजारमा दोस्रो स्थानमा छ भने विकासको नाम तेस्रो स्थानमा रहेको छ ।

शिल्पा सिन्धेको नाममा १.२५ देखि १ को दरमा लगानी छ भने हिना खानको १.५ देखि १ को दरमा सट्टा गरिएको छ । त्यसैगरि पुनिशको नाममा ३ देखि १ को दर तथा विकासको नाममा २ देखि १ को दरमा सट्टेबाजी गरिएको छ ।

कार्यक्रम आज राति ९ः१५ बजेबाट कलर्स टेलिभिजनबाट प्रशारण हुने छ ।


क्लिकमान्डु