दोर्दी ए हाइड्रो पावरको सुरुङ ‘ब्रेक थ्रु’, ६० प्रतिशत काम सम्पन्न



सांकेतिक तस्बिर

काठमाडौं । लमजुङ जिल्लालाई हाइड्रो हवको रुपमा लिने गरिन्छ । सोही जिल्लामा आयोजना स्थल रहेको दोर्दी ए जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा सफलता हात लागेको छ ।

कुल २५ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङ ब्रेक थ्रू भएको आयोजनाले जनाएको छ । आयोजना सञ्चालक राजेन्द्र बस्तीकाअनुसार आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू भएको हो ।

अझै केही अडिट टनेलको काम भने बाँकी रहेको छ । बाँकी रहेको सुरुङ ५०० मिटरको आसपास छ । आगामी महिना भित्र त्यसकोसमेत निर्माण सम्पन्न हुनेछ । आयोजनाको बाँध निर्माणको पनि महत्वपूर्ण काम सम्पन्न भएको छ । आयोजनाको मुख्य सुरुङ २.६२ किलोमिटर रहेको छ ।

आयोजनाको हेडवक्र्स र पावर हाउस बज्रगुरु कन्ट्रक्सनले निर्माण गरिरहेको छ । आयोजनाको हाल कुल ६० प्रतिशत निर्माण सम्पन्न भएको र आगामी कात्र्तिकको अन्त्यसम्म आयोजना निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने योजनाका साथ काम भइरहेको छ ।

लिवर्टी पावरले प्रवद्र्धन गरेको उक्त आयोजना लमजुङमा निर्माण भइरहेका ठूला आयोजना मध्येको एक हो । सिनो सगरमाथा हाइड्रोले निर्माण गरेको ५० मेगावाट क्षमताको आयोजना यसअघि नै राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ ।

अरु तीन आयोजनासमेत निर्माणमा रहेका छन् । दोदी कोरिडोरमा मात्रै अन्य चार आयोजना निर्माणको क्रममा छन् । दोर्दी ए ले स्थानीयलाई १० प्रतिशत शेयर दिने यसअघि नै घोषणा गरिसकेको छ ।


क्लिकमान्डु