अफिसमा यी ८ गल्ति नगर्नुस्, जस्ले जानसक्छ तपाईको जागिर



काठमाडौं । मानिसले निकै मेहेनतले कामगरेपनि कहिले कही जस नपाउने हुन्छ । हामीले मेहनत साथ कामगर्दा पनि आफ्नो मालिकको चित्त बुझाउन सकिरहेका हुँदैनौं । यस्तोमा हाम्रा सामान्य कमिकमजोरीले पनि आफुले गर्दै आएको कामसमेत गुमाउनु पर्ने हुन्छ ।

बिजनेश इन्साइडर अनलाइन पत्रिका र इन्क डट कमको टिमले कस्ता कमजोरीले निजी क्षेत्रमा कामगर्ने प्रफेशनलहरुले आफ्नो रोजगारी गुमाउँछन् भन्ने खोज गरेको छन् । यस सम्बनधी उनिहरुले एउटा प्रतिबेदन नै सार्वजनिक गरेका छन् ।

उक्त रोपोर्टका अनुसार निम्न बानी र व्यवहारका कारण मानिसहरुले निजी कम्पनीको जागिरबाट विदा हुनुपर्ने रिर्पोट सार्वजनिक गरेका छन् ।

१. अफिसमा कुनै अभियान चलाउने भन्दै कामदारको टिम बनाउनु: कम्पनी संचालकलाई आफ्नो कम्पनी भित्र हुने गुट उपगुट प्रति सधै चिन्ता रहन्छ । कामदारले सामाजिक कामका लागि मात्रै भएपनि एक हुँदा समेत त्यसमा संचालकको मनमा डर पैदा हुने गर्छ । त्यस्ता कार्यक्रममा सहभागिताले अफिसलाई दिने समय कम हुन्छ । जसका कारण जबनै छोड्नु पर्ने अबस्था आउन सक्छ ।

२. घुलमिल नहुनु: यदि केही साथिहरुले अयोजना गर्ने काममा घुलमिल नहुने वा लाजमान्ने मानिसले पनि आफ्नो जागिरबाट चाँडै बिदा हुनु पर्ने अबस्था आउन सक्छ । उसको वानीले उसलाई मालिक र साथीभाईबाट टाढा लगिरहेको हुन्छ ।

३. धेरै बल्ने बानी: कुनै पनि कुरा सुरु हुनासाथ आफुले मात्रै जानेको छु वा मैलेजति कसैले जानेको छैन भनेर धेरै बोल्ने बानीले मानिसलाई निकै अफ्ट्यारो पर्ने गर्छ । कम्पनीको बिषयमा कुनै पनि कुरा सुरु हुनासाथ सवाल गरेर हैरान गर्ने बाँनी छ भने यसलाई हटाई हाल्नु पर्छ । नत्र जागिर छिन्मै जान सक्छ ।

४. अफिसको गोप्य सूचना लिक गर्नुः कम्पनीले सार्वजनिक नगरेको बिषयमा कोही कसैलाई तपाईले सूचना दिनु भयो भने सम्झनुस् संचालकले यसले यो कुरा भन्यो भन्ने थाहापाउनासाथ तपाईको रोजगारी जाने संभावना धेरै हुन्छ । त्यसैले अफिसका कुराहरुगर्दा अफिसियल्ली बाहिर आएका बिषय भन्दा अरु कुरा नगर्नु जाति हुन्छ । यस्तो गल्ति गरेको खण्डमा कम्पनीले अन्य कम्पनीमासमेत रोजगारीको लागि योग्य नहुनेगरि तपाईलाई बर्खास्त गर्न सक्छ ।

५. मिटिङमा आउने जानी गर्ने बानी: मिटिङ चलिरहेको समयमा आँखा र जिउको मुभमेन्टलाई कन्ट्रोल गर्ने गर्नुपर्छ । साथै सो समयमा बैंठक कक्षबाट धेरै भित्र बाहिर गर्दा त्यसले तपाईको व्यक्तित्व र मालिकले तपाईलाई काम प्रति जिम्मेवार नभएको सोचले कामबाट निकाल्न सक्छ ।

६. खराब स्वास्थ्य: केही दिन अफिस आउने र केही दिन बिरामी परेको भन्दै बिदा लिनेगर्दा तपाईको इमेज खराब हुनसक्छ । बिदा लिदा जे कामको लागि हो त्यहि भनेर लिने गर्नु पर्छ । यसरी बारम्बार बिदा लिदाँ त्यो कुरा मालिकले थाहापाउँछ र तपाईलाई हेर्ने उसको दृष्टिकोण फरक बन्नछ । यसले तपाईको जागिर जाने सम्भावना धेरै हुन्छ ।

७. डेस्कमा नै मेकअप गर्नु: यो बिषय बिशेष गरेर महिलामा लागु हुन्छ । यदि तपाई महिला हुनुहुन्छ भने आफ्नो वर्किङ सिटमा बसेर मेक अप गर्ने बानी छोड्नुहोस् । नत्र तपाईको जागिर जनपनि सक्छ ।

८. सरसफाइमा ध्यान दिनुहोस्: तपाई निकै मेहेनतसाथ काम गर्नु हुन्छ । माथि उल्लेखित कुराहरुमा तपाई पर्नुहुन्न भनेपनि तपाईले सरसफईमा ध्यान दिनु भएन भने तपाईको जागिर जान सक्छ । बाथरुम जाँदादेखि कामगर्ने ठाँउसम्मको सरसफाइमा ध्यान दिनुहोस् ।


क्लिकमान्डु