सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग्यो २५ कर्मचारी



काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले विभिन्न पदमा २५ जनाका लागि रोजगारीका लागि अवसर प्रदान गर्ने भएको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी चार्डड एकाउन्टेन्ट देखि सहायक प्राविधिकसम्मका लागि दरखास्त दिन आग्रह गरेको छ ।

कार्यालयले चार्डड एकाएन्टेन्ट ८ तह १ जना, अर्थशास्त्री ७ तह १ , सिभिल इन्जिनियर ७ तह ३ जना, अधिकृत प्राविधिक ६ तह प्रशासन १ जना, वरिस्ठ सहायक प्राविधिक प्रशासन ५ तह २ जना, सवइन्जिनियर ५ तह प्राविधिक ४ जना, नापी सर्वेक्षक ५ तह प्राविधिक १ जना माग गरेको छ ।

यस्तै, सूचना प्रविधि सव इन्जिनियर ५ तह प्राविधिक १ जना, कार्यालय सहायक ४ तह प्रशासन ५ जना, इन्जिनियर सिभिल ४ तह प्राविधिक १ जना, अमिन ४ तह प्राविधिक १ जना, सहायक प्राविधिक २ तह प्राविधिक ४ जना गरी कुल २५ जनाको लागि रोजगारीको आवेदन माग गरेको छ ।

इच्छुक उम्मेदवारले आगामी ३० दिन भित्र बालाजु कार्यालयमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु