किन हुँदैछ नुवाकोट र धादिङमा लोडसेडिङ



काठमाडौं । नुवाकोटका विविभन्न स्थानमा लोडसेडिङ हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार नुवाकोटको खड्ग भन्ज्याङ, गोस्र्याङ्ग, दानसिङ, देवीघाट, जिलिङ, बुधसिंह, रातमाटे, दुईपिपिल, तारुकामा लोडसेडिङ हुने भएको छ ।

नुवाकोटकै बेलकोट, कुमरी, चाउथेका केही भागमा समेत आज बत्ती काटिने छ ।

यस्तै धादिङको कल्लेरी, खाल्टे र आसपासका क्षेत्रमा समेत लोडसेडिङ हुनेछ । प्राधिकरणकाअनुसार आज विहानदेखि साँझ ५ बजेसम्म ती स्थानमा विद्युत् काटिने छ ।

देवीघाट सवस्टशेनको पावर ट्रान्सफर्मर स्थानान्तरण गर्ने भएपछि प्राधिकरण नुवाकोट वितरण केन्द्रले ती स्थानमा लोडसेडिङ गर्न लागेको हो । देशका विविभन्न स्थानमा ट्रान्सफर्मर स्थानान्तरण गर्दै आएको प्राधिकरणले आज नुवाकोटमा समेत सो कार्य गर्न लागेकाले लोडसेडिङ हुने भएको हो ।


क्लिकमाण्डू