बैंकमा रोजगारीको अवसर, डेपुटी जनरल म्यानेजरदेखि कार्यालय सहयोगीसम्म



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा रोजगारीको आवेदन माग गरेको छ ।

डेपुटी जनरल म्यानेजर १ जना धरानका लागि , सहायक मेनेजर केही सुनसरी, मोरङ र झापाका लागि, जुनियर अफिसर तथा सिनियर अफिसर केही सुनसरी, झापा मोरङका लागि, आइटी हेड तथा कार्यालय सहयोगी केहीका लागि आवेदन माग गरिएको आज प्रकाशित सूचनामा छ ।

उक्त पदमा आवेदन दिन चाहनेले बैंकको धरानको महेन्द्र पथमा रहेको कार्यालयमा सम्पर्क राख्न सक्ने छन् ।

नेपाल इन्स्योरेन्समा कानुन अधिकृत

नेपाल इन्स्योरेन्सले कानुन अधिकृत(प्रबन्धक सरह) पदमा आवेदन माग गरेको छ । नेपालको पहिलो बीमा कम्पनीले योग्यता पुगेका उम्मेदवारलाई आगामी १५ दिन भित्र आवेदन दिन आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । २१ वर्ष उमेर पूरा भई ५५ वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

दुई वर्षका लागि करार सेवामा लिन लागिएको कानुन अधिकृत बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेको, नेपाल बार काउन्सिलबाट अभिवक्ताको इजाजत प्राप्त गरेको र अनुभवीलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । नेपाल इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु