‘एन आई सी एशिया डिबेन्चर २०८१/८२’ को बाँडफाँट, वार्षिक ९ प्रतिशत ब्याज पाईने



काठमाडौं । एन आई सी एशिया बैंकले पुस १३ गते खोलेको ३ अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८१/८२’आज बाँडफाँट गरेको छ । सो डिबेन्चरमा पुस २१ गतेसम्म मात्र आवेदन दिने मिति तोकिएको थियो ।

सो डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले जारी गरेको सो डिबेन्चर नेपालकै हालसम्मकै सर्वाधिक उच्च राशीको डिबेन्चर भएको दाबी छ ।

निकट भविष्यमा उक्त डिबेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने र दोस्रो बजारमा समेत सोको खरिद बिक्री कारोवार गर्न सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु