हिमालयन जनरल इन्स्योरेन्सले आफ्नै कर्पोरेट भवन निर्माण गर्ने



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले स्थापनाको २४ वर्ष पूरा गरेसंगै काठमाण्डौंको बवरमहल स्थित करिब साढे २ रोपनी जग्गामा कर्पोरेट भवन निमार्ण गर्ने प्रकृया सुरु गरेको छ ।

भवन डिजाईनको लागि सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना० संग सम्झौता गरिएको कम्पनीले जनाएको छ । सो सम्झौता पत्रमा कम्पनीका कार्यकारी अधिकृत सुशील बज्राचार्य र सोसाईटि अफ नेप्लीज आर्किटेक्टस् (सोना)का अध्यक्ष सुमननाथ बैद्यले हस्ताक्षर गरेका छन्।

कम्पनीले निर्माण गर्ने भवनको डिजाईन प्रतियोगिताको आधारमा छनौट गरिनेछ । सोनाले आव्हान गरिने भवन डिजाईन प्रतियोगितामा नेपाल ईन्जिनियरिङ काउन्सिलमा दर्ता भएका सदस्य आर्किटेक्टस् व्यक्ति वा फर्मले सहभागी जनाउन सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई १ लाख ५० हजार रुपैयाँ र २ जनालाई सान्त्वना पुरस्कार जनहि ५० हजार रुपैयाँ दिइने छ । उत्कृष्ट डिजाईनरलाई प्रिन्सिपल आर्किटेक्टका रुपमा भवनको विस्तृत डिजाईन कार्यमा समेत संलग्न गराईने छ ।

यस डिजाईन प्रतियोगिताले नेपालका नवोदित युवा आर्किटेक्टहरुले प्रतिभा देखाउन सक्ने कम्पनीले विश्वास लिएको छ ।


क्लिकमान्डु