भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम लिन तीन महिना म्याद थप्ने तयारी



काठमाडौं । सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको रकम लिने म्याद तीन महिना थप्ने तयारी गरेको छ ।

गत असार २८ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले कात्तिक मसान्तसम्म पहिलो र पुस मसान्तसम्म दोस्रो र असार मसान्तसम्म तेस्रो किस्ता लिईसक्नुपर्ने निर्णय गरेको थियो ।

पुस मसान्त सकिनैलाग्दा पनि सरकारले अनुमान लगाए अनुसार घर नबन्ने देखेपछि पुनः म्याद थप गर्न लागेको हो । ‘दोस्रो किस्ताबापतको रकम लिन भूकम्पपीडितलाई हामीले दिएको म्यादभित्र काम सम्पन्न हुने देखिएन,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भने ।

माघ २ गते प्रगतिविवरणको समिक्षापछि निर्देशक समितिको बैठकबाट कति समय थप्ने भन्ने विषयमा टुंगो लाग्ने भुसालले जानकारी दिए । प्राधिकरणका अनुसार बर्खाअघि ६० प्रतिशतभन्दा बढी पिडीत आफ्नो घरमा पसिसक्ने समेत अनुमान लगाएको छ ।


क्लिकमान्डु