रेणुको महानगरमा कर्मचारीले ५ सय रुपैयाँ घुस मागेपछि…



चितवन । भरतपुर महानगरपालिकाका कर्मचारीले खाजा खर्चको नाममा सेगाग्राहीसँग घुस लिने गरेको पाइएको छ । महानगरपालिकाको १ नम्बर वडा कार्यालयको राजस्व विभागका कर्मचारीहरुले खाजा खर्चका नाममा सर्वसाधारणबाट घुस लिने गरेका हुन् ।

महानगरपालिकाको १ नम्बर वडा कार्यालयमा व्यवसाय दर्ताका पुगेका सञ्जय आर्चायसँग राजस्व विभागका कर्मचारीहरुले खाजा खर्चका नाममा ५ सय रुपैयाँ मागेको सेवाग्राहीले दाबी गरे ।

आचार्य सो वडा कार्यालयमा स्टाइल मेकओभर युनिसेक्स सैलुन दर्ता गर्न पुगेका थिए । सो क्रममा आफूसँग कर्मचारीले ५ सय रुपैयाँ खाजा खर्च लिएको उनको भनाइ छ ।

उनका अनुसार कर्मचारीले व्यवसाय दर्ता गर्न २ हजार ५ सय रुपैयाँ लाग्ने बताएका थिए । २ हजार ५ सय रुपैयाँ नगद दिँदा कर्मचारीले उनको हातमा २ हजार रुपैयाँको बिल थमाएका थिए ।

‘बिलमा २ हजार रुपैयाँ मात्र उल्लेख छ भनेर प्रश्न गर्दा महिला कर्मचारीले ५ सय रुपैयाँ खाजा खर्च भनेर जवाफ दिए,’ आर्चायले क्लिमाण्डूसँग भने ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले यो बिषयमा आफूलाई कुनै जानकारी नभएको र सम्बन्धित कर्मचारी वा वडा कार्यालयसँग बुझेर प्रतिक्रिया दिने बताइन् ।


क्लिकमान्डु