जिल्ला प्राविधिक कार्यालय काठमाडौंमा रोजगारीको अवसर



काठमाडौं । जिल्ला प्राविधिक कार्यालय काठमाडौंले विभिन्न पदमा कर्मचारी माग गरेको छ । करार सेवामा लिन लागिएका ती कर्मचारीमा सिभिल इन्जिनियर २ जना, इलेक्ट्रीकल इन्जिनियर १ जना र १० जना सव इन्जिनियर माग गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा छनौट भएका योजना तथा अन्य कार्यक्रमलगायत अन्य कार्यक्रम सञ्चालनका लागि जनशत्तिः व्यवस्थापन गर्ने उद्देश्यले ती पदमा आवेदन माग गरिएको जिल्ला प्राविधिक कार्यालय काठमाडौंले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

ती पदमा आवेदन दिने उम्मेदवारलाई शैक्षिक योग्यता वापत ६० अंक, कार्य अनुभव वापत ३० अंक तोकिएको छ । यस्तै काठमाडौँ उपत्यकाकै भए थप १० अंक पाइने छ । जिल्ला प्राविधिक कार्यालय काठमाडौंमा सम्पर्क गरेर यस विषयमा थप जानकारी लिन सकिने सूचनामा उल्लेख छ ।

उता हरिपूर्वा नगरपालिका सर्लाहीले समेत सूचना प्रविधि अधिकृतको माग गरेको छ । सो पदमा समेत करार सेवामा पदपूर्ति गरिने आज प्रकाशित सूचनामा उल्लेख छ ।


क्लिकमान्डु