शीतलहर र रुघाखोकी पिडिलाई राहत दिन उपराष्ट्रिपतिको सरकारसँग आग्रह



काठमाडौं । उपराष्ट्रिपति नन्द्र बहादुर पुनले जाजरकोट र हुम्लाका रुघाखोकी र तराईमा शीतलहर पिडितलाई राहात उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । उनले ती स्थानमा तत्काल स्वास्थ्यकर्मीको टोली पठाएर जनतालाई राहत दिन सरकारसँग आग्रह गरेका हुन् ।

‘रुघाखोकीका कारण जाजरकोट र हुम्ला तथा तराईमा शीतलहरका कारण नागरिकहरुले ज्यान गुमाईरहेका भएका छन्, त्यसतर्फ पनि सरकारले ध्यान जान आवश्यक छ,’ पूर्ण खोप सुनिश्चिता काठमाडौं महानगरपालिका घोषणासभामा उपराष्ट्रिपति पुनले भने ।

काठमाडौं मात्र नभएका मुलुकका अन्य स्थानलाई पनि पूर्ण खोप सुनिश्चित कार्यक्रम अगाडि बढाउनु पर्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री दिपक बोहराले सन् २०१७ सम्म सरकारले नेपाललाई पूर्ण खोप सुनिश्चित बनाउने लक्ष्य पूरा गर्न नसकेको स्वीकार गर्दै भने ‘ लक्ष्य अनुरुप सन् २०१७ सम्म मुलुकलाई पूर्ण खोप सुनिश्चिता गर्न सकिएको छैन्, स्थानीय तहमा जनप्रतिनिधिको बहाल पछि भने लक्ष्य ढिलै भएपनि लक्ष्य हासिल गर्ने क्रममा छौं ।’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरका ३२ वटै वडाका २३ महिनासम्मका बालबालिकाहरु पूर्ण रुपमा खोप सुनिश्चित गरिएको कार्यक्रममा जानकारी दिए ।

सा,े अवसरमा महानगरको पूर्ण खोप सुनिश्चित बनाउने अभियानलाई सफल बनाउन सहयोगी भूमिकामा संलग्न ५ सय ५८ प्रतिनिधिमध्ये ३२ जना स्वयंसेवकलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।


क्लिकमान्डु