‘बचत गरौ’ भन्ने नारासहित ग्लोबल आइएमई बैंकको प्रभातफेरि



काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ औं बर्ष पूरा गरि बाह्रौँ बर्षमा प्रबेश गरेको अवसरमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

“बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, कमलादी गणेशथान, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैकले काठमाण्डौँ उपत्यकामा मात्र नभएर काठमाण्डौ बाहिर बिभिन्न ठाउँहरु, नारायणघाट, नेपालगञ्ज, बुटवल, भैरहवा, लाहान, पोखरा लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ ।

स्थापनाको एक दशकमा ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।

११३ शाखा, १२३ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ४ बटा एक्टेन्सन काउण्टर, ५८ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ ।


क्लिकमान्डु