छ महिनामा नियम विपरीत सञ्चालित ७४ व्यवसाय बन्द



काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवमा ३ हजार २६७ व्यापारिक संस्थाको अनुगमन गरेको छ ।

सबैभन्दा बढी ३ हजार ४२ वटाको काठमाडौं उपत्यकामा नै अनुगमन गरिएको तथा ७९६ व्यवसायलाई दर्ता प्रमाणपत्र पेश र नवीकरण गर्न निर्देशन दिइएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै नियम विपरीत सञ्चालित ७४ व्यवसायलाई बन्द नै तथा १८ वटाको कारोवार रोक्का गरिएको बताइएको छ । बन्द गरिएका केही व्यवसाय पुनःसञ्चालनमा छन् भने केही अझै खुल्न सकेका छैनन् ।

त्यसैगरी म्याद नाघेको औषधि बिक्रीवितरण गरेको र व्यवसाय प्रमाणीकरण नगरेको जनाउँदै बयोधा अस्पताल प्रालि, इशान बाल तथा महिला अस्पताल, बिएण्डबी अस्पताल प्रालि, ग्राण्डी इन्टरनेशनल अस्पताल प्रालि र नर्भिक इन्टरनेशनल अस्पताल एण्ड कलेज प्रालिलाई कारवाही गर्न महानगरीय प्रहरी परिसर टेकुलाई जिम्मा दिइएको छ ।

त्यसैगरी अनुगमनका क्रममा अनियमितता पाइएपछि विभागले पोखराका ५ सुन पसललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको छ ।

महानिर्देशक दाहालले पछिल्लो समय गरिएको नियमित अनुगमनले बजारमा हुने गरेको अनियमितता कम हुँदै गएकाले आगामी दिनको बजार व्यवस्थापनमा थप सुधार आउने विश्वास व्यक्त गरे । रासस


क्लिकमान्डु