युनाइटेड इन्स्योरेन्सले माग्यो ३४ जना कर्मचारी



काठमाडौं । युनाइटेड इन्स्योरेन्सले ३४ जना कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्षेत्रीय म्यानेजरदेखि एसिस्टेन्टसम्म माग गरेको हो ।

इन्स्योरेन्सले जनकपुर÷ विरगंज, काठमाडौं, पोखरा, भौरवा÷बुटवल, धनगढी र सुर्खेतका लागि ६ जना क्षेत्रीय म्यानेजर माग गरेको छ ।

क्षेत्रीय म्यानेजरका लागि स्नातकोत्तर उत्र्तीण र २ बर्षसम्मको म्यानेजर तहमा अनुभव भएकाले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ । आवेदकको उमेर ३५ बर्ष काटेको हुनु हुँदैन ।

इन्स्योरेन्सले ३ जना डिर्पाटमेन्टल हेड पनि माग गरेको छ । स्नातकोत्तर उत्र्तीणलाई सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभव र स्नताक उत्र्तीणलाई ५ बर्षको अनुभव आवश्यक हुने इन्स्योरेन्सले जनाएको छ । आवेदकको उमेर ३५ बर्ष काटेको हुनु हुँदैन ।

इन्स्योरेन्सले जुनियर अफिसर र अफिरमा ५ जना माग गरेको छ । ३५ बर्ष उमेर नकटेका र स्नातक उत्र्तीण तथा सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले एसिस्टेन्टमा २० जना माग गरेको छ । स्नातक उत्र्तीण र २५ बर्ष उमेर नकेटकाले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले माघ ५ गतेसम्म आवेदन खुल्ला गरेको छ ।


क्लिकमान्डु