श्रमिक आपुर्तिहरुले स्थापना गरे नेपाल श्रमिक आपुर्तिकर्ता संघ



काठमाडौं । नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित भएका छन् । “नेपाल श्रमिक आपुर्तिकर्ता संघ” का नामबाट नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित भएका हुन् ।

श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले विहिवार एक समारोहका बीच संघको शुभारम्भ गरे । नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रलाई अझ बढी व्यवस्थित एवम् सदृढ पार्दै वैधानिक किसिमले यस क्षेत्रको विकास गरि राष्ट्रिय अर्थतन्त्रलाई दरिलो पार्न ठोस योगदान पू¥याउने यस व्यवसायमा समर्पित व्यवसायिहरुको हकहित संरक्षण गर्ने उद्देश्य राखी संघको स्थापना गरिएको अध्यक्ष रामेश्वर साहले वताए ।

“व्यवस्थित श्रम बजार–समृद्धीको आधार” भन्ने नाराका साथ दर्तावाला श्रमिक आपुर्तिकर्ता व्यवसायीहरुको स्वःस्फूर्त पहलबाट काठमाण्डौ महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा संघ दर्ता भएको कार्यक्रममा जानकारी दिइयोे ।

“नेपाल श्रमिक आपुर्तिकर्ता संघ” समाज कल्याण परिषदमा समेत आवद्द भएको छ । यहि पुष ९ गते दर्ता भएको संघमा दुई साता पनि नपुग्दै सय संस्था सदस्य भएका छन् । नेपालमा नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्ति गर्ने करिव ३ हजार संस्था रहेको छ ।

संघको शुभारम्भ कार्यक्रममा नेपाल सरकारले हालै जारी गरेको श्रम ऐन २०७४ को स्वागत गरिएको थियोे । पहिलो पटक “श्रमिक आपुर्ति सम्बन्धि व्यवस्था” गरिएको यो ऐन ऐतिहासिक उपलब्धी र सम्मानको विषय भएको अध्यक्ष साहले वताए ।

श्रम कानुनकै अभिन्न अङ्गको रुपमा रहने श्रम नियमावलीको पहिलो खाकाको रुपमा प्राप्त प्रस्तावित मस्यौदामा राखिएका कतिपय प्रावधानहरुका बारेमा भने संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । श्रमिक आपुर्तिकर्ताहरुको अस्तित्वलाई नै संकटमा पू¥याउने सम्मको प्रावधान समेटिएको नियमावलीलाई थप छलफल गरेर मात्र अन्तिम निष्कर्षमा पुृर्याउनु पर्ने संघले माग गरेको छ ।

नियमावलीमा सुधार गर्नैपर्ने मूलभूत विषयहरुलाई लिपिवद्द गरी सुझावको रुपमा सम्बन्धित निकाय समक्ष पेश गरिएको जनाउँदै अध्यक्ष साहले त्यसलाई समेट्न सम्वन्धित निकायसँग आग्रह गरेका छन् ।

संघले श्रमिकहरुको हक अधिकारको सम्मान गर्दै उनिहरुले पाउने सेवा सुविधाहरुप्रति सदा सकारात्मक रहने जनाएको छ । राष्ट्रियस्तरका ट्रेड यूनियनहरुसँग रचनात्मक सहकार्य सम्बन्धको विस्तार गर्न समेत संघले तत्परता देखाएको छ ।


क्लिकमान्डु