सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले माग्यो ३६ जना कर्मचारी



काठमाडौं । दुग्ध विकास संस्थाले विविभन्न ३६ पदमा रोजगारीको लागि आवेदन माग गरेको छ । संस्थानले आज एक सूचना मार्फत विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।

प्रशासन तर्फ शाखा अधिकृत, सहायक लेखा अधिकृत, इन्जिनियरिङ अधिकृत, एक्सटेन्स अधिकृत तर्फ आवेदन माग गरेको हो ।

संस्थानले आज एक सूचना मार्फत वरिस्ठ प्रशासन सहायक, लेखापाल, टेक्निकल सहायक, सुपरभाइजर, वरिस्ट कम्प्युटर अपरेटर, प्रशासन सहायक कम्प्युटर अपरेटर, नायब लेखापाल, जुनियर टेक्निकल सहायक, चीज मेकर र फोरम्यान पदमा आवेदन माग गरेको हो ।

संस्थानले महिलाको हकमा ४० वर्ष उमेर हदसम्मको आवेदन दिने सकिने र सम्बन्धित पदका लागि योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

संस्थानले डेरी प्रविधि तथा डेरी विज्ञानमा अध्ययन गरेकालाई आवेदन दिन सक्ने गरी सूचनामा उल्लेख छ । संस्थानले नयाँ नयाँ स्थानमा डेरी व्यवस्थापन तथा दुग्ध संकलनका लागि नयाँ कर्मचारीको आवश्यकता माग गरिएको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु