नेपाल एसबिआई बैंकले १४.४२ प्रतिशत वोनश लाभांश दिने



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले २४औँ वार्षिक साधारणसभा पुस १९ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न गरेको छ । सो सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

बैंकले आ.व. २०७३/७४ मा २३३.९९ करोड रुपैयाँ संचालन मुनाफा र १५२.३२ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेको जानकारी दिएको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा १५.४२ प्रतिशतका दरले वोनश शेयर र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यसैगरि साधारणसभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन गरेको जनाएको छ ।


क्लिकमान्डु