कसैले मोवाइलबाट कुरागर्दा लोकेशन झुक्यायो भने, यसरी पत्ता लगाउनुस्



काठमाडौं । जो कोहीलाई कुनै समय नचिनेको नम्बरबाट कल वा मिसकल आउने गरेको हुन्छ वा कसैले काठमाडौंमा बसेर पोखरा अथवा भैरहवा भनेर तपाईलाई भन्यो भने त्यो कहाँ छ, तपाई सजिलै पत्ता लगाउन सक्नु हुन्छ ।

नचिनेका नम्बरबाट आउने म्यासेजलगायतले मानिसहरुलाई मानसिक समस्या उत्पन्न गराउन सक्छ । यदि तपाई पनि यस्तै कुनै स्थितीमा फस्नु भएको छ भने नचिनेको नम्बर बारे जान्ने केही उपायहरु छन् ।

यस्ता कयौ कयौँ वेभसाइटहरु छन् जसले तपाईलाई नम्बरको लोकेसन पत्ता लगाउन सहयोग गर्छ । यसका लागी तल दिइएको कुनै पनि साइटमा गएर नम्बर राखेर त्यसको लोकेसन पत्ता लगाउन सक्नुहुने छ ।

http://www,bestmobilenumbertracker.com/http://www.mobilenumbertracker.com/http://www.findndtrace.com/trace-mobile-number-locationhttps://bestcaller.com/

यसरी गर्नुस् खोजी
यसको लागी सबैभन्दा पहिला माथि दिएको कुनै पनि वेभसाइटमा जानुहोस् । अब जुन नम्बरको लोकेसन छान्नु छ, त्यसलाई नम्बर बक्समा राख्नुहोस् ।

ध्यानमा राख्नुहोस कुनै नम्बर राख्नु पहिला ० या कोड नम्बर राख्न जरुरी छैन् । अब सर्चमा थिच्नुस् । त्यसपछि तपाईको स्क्रिन अगाडि टेलिकम सर्किट र टेलिकम कम्पनीसमेतका कयौं जानकारीहरु अगाडी आउने छन् ।

यी साइटहरुबाट केबल मोबाइलको नम्बर कहाँ प्रयोग भइरहेको छ भन्ने बारेमा मात्र जानकारी पाउन सकिन्छ । मोवाइल धनीको बारेमा कुनै जानकारी दिइएको हुन्न ।


क्लिकमान्डु