ग्लोबल आइएमई बैंक ११ बर्षमा प्रबेश, नयाँ कर्पोरेट भबनदेखि एकैदिन ५ शाखा



काठमाडौं । ग्लोबल आइएमई बैंकको ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले गरेका छन् ।

सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना भएको ग्लोबल आइएमई बैंक बैंकिङ क्षेत्रको स्थापित नाम बन्न सफल भएको छ ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर डा. नेपालले बैंकले छोटो समयमा जुन सफलता हासिल गरेको छ त्यो अझै बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थापनाको ११ वर्ष भित्रमा नै बैंकले प्राप्त गरेका बिभिन्न सफलताहरुको श्रेय सम्पूर्ण ग्राहक महानुभावहरु, सेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरुलाई दिदै आगामी दिनमा अझ उत्कृष्ठ सेवा प्रदान गर्दै जाने प्रण ब्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । सोहि अनुरुप अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ । त्यसैगरि बैंकले मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

११ औँ वार्षिकोत्सव कै अवसरमा एकै दिन देशका विभिन्न ५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरेको छ । बैंकले नवनिर्मत भवन कमलादी, भक्तपुर जिल्लाको गोठाटार, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, गुल्मी जिल्लाको गौडाकोट र झापा जिल्लाको दमक नगरपालिकामा गरि ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त ५ वटा शाखा संचालनमा ल्याएसंगै बैंकको शाखा संख्या ११३ पुगेको छ भने नवनिर्मित कर्पोरेट/रजिष्र्टड कार्यालय परिसरमा एटिएम सेवा समेत सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा संगै बैंकको एटिएम संख्या १२७ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर नीतिलाई अंगिकार हालसम्म नेपालमा भएका वित्तिय संघसंस्थाहरुको मर्जर तथा प्राप्तिमा ७ प्रतिशत स्थान ओगट्न सफल भएको छ ।


क्लिकमान्डु