गोल्डस्टार जुत्ताको दुई नयाँ आधिकारिक सो–रूम स्थापना



काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनिले पुरानो वानेश्वर तथा कालिमाटीमा नयाँ आधिकारिक सो–रूमहरू खोलेको छ ।

सोलमेट्स इन्टरप्राइजेज, पुरानो वानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सो–रूमहरू हुन् ।

‘अबका आउँदा दिनहरूमा पनि यस्तै सो–रूमहरूबाट सेवा दिन हामीले नेपालभरि नै फ्रान्चाइजी सो–रूमहरू स्थापना गर्ने लक्ष्य लिएका छौँ,’ किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले भनिन् ।

गोल्डस्टार जुत्ताका आधिकारिक सो–रूमहरू यस अघि सिभिल मल, सुनधारा तथा ज्योति भवन, जमलमा स्थापना भइसकेका छन् ।

कम्पनीले नयाँ जुत्ताहरू, नयाँ जमानाको फेसनसँग मिल्ने उत्पादनहरू फ्रान्चाइजी सो–रूमहरूबाट विक्री–वितरण गर्नेछ ।


क्लिकमान्डु