मुलुकले आर्थिक विकासमा गतिलिने उद्योगि ढकाक




काठमाडौं । ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ भन्ने मूलनाराका साथ बागलुङ महोत्सव आयोजना भएको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले गत शुक्रबार महोत्सवको उद्घाटन गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङमा धेरै पहिलादेखि नै रेमिटेन्स भित्रिंदै आएको र त्यहि रेमिटेन्सले आम बागलुङ्वासीको क्रयशक्ति पनि बढाएको प्रसङ्ग उल्लेख गरे ।

यसरी प्राप्तहुँदै आएको रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न हामी सबैको प्रयास आवश्यक पर्ने भन्दै सबै चरणका निर्वाचनपनि सम्पन्न भइसकेको र नेपालको सबै राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रीत रहेकाले अव मुलुकको आर्थिक विकासले गतिलिने अपेक्षा अध्यक्ष ढकालले गरे ।

पर्यटन, लघुजलविद्युत र कृषि जस्ता क्षेत्रमाबागलुङको अत्यन्तै सम्भावनाभएकाले आफु र आफु सम्बद्ध संस्थाहरु बागलुङको आर्थिक विकासमा सबैसँग सहकार्य गरि अगाडी बढ्न तयार रहेको जानकारी दिए ।

महोत्सवमा मन्त्री देबेन्द्र पौडेल र डा. सूर्य पाठकलागायत स्थानीय उद्योगी ब्यवसायी र राजनीतिकदलका प्रतिनिधिहरुलको सहभागिता थियो ।


क्लिकमान्डु