बृद्धाश्रम निर्माणका लागि नेपाल बङ्गलादेश बैंकको सहयोग



काठमाडौं । नेपाल बङ्गलादेश बैंक इटहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाल लाई बृद्धाश्रम निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपाने लाई हस्तान्तरण गरेका हुन् ।

इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सकृय महिला दिदी बहिनीहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपालले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने जनाएको छ ।


क्लिकमान्डु