हुण्डाईको नयाँ स्यान्ट्रो आउँदै, के पुनः नेपाली सडकमा यसको दब्दबा रहला ?



काठमाडौं । होण्डाई मोर्टसले ‘दिल्ली अटो शो’ मा ब्राण्ड न्यू कार सार्वजनिक गर्ने भएको छ । हुण्डाइले इओन र उत्पादन बन्द गरेको आईटेनको बिचको सेग्मेन्टको रुपमा नयाँ सेन्ट्रो कार ल्याउने तयारी भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएको छ ।

पछिल्लो समय दक्षिण एसियाली बजारमा आफ्नो बजार हिस्सा बढाउँदै लगेको हुण्डाईले हरेक बर्ष नयाँ कार सार्वजनिक गर्दै आएको छ । पुरानो बिक्री बन्द गरेको हुण्डाई सेन्ट्रोलाई पुन नयाँ भर्सनमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको छ ।

हुण्डाई इओनको इन्जिन जडान भएको नयाँ सेन्ट्रो कार निकै किफायति रहेको कम्पनीले जनाएको छ ।

यो कारले प्रतिलिटर २१ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । सन् २०१८ अगस्टमा यो कार भारीय बजारमा सार्वजनिक हुने बताईएको छ ।

दुई भेरिएन्टमा बजारमा उपलव्ध हुने यो कारको मूल्य ४ देखि ५ लाख भारतीय रुपैयाँ रहने कम्पनीले जनाएको छ ।

भारतको तामिलनाडु प्लान्टबाट उत्पादन हुने यो कारले हुण्डाईका कार बिषेशगरेर सेन्ट्रोको संन्तुष्ट ग्राहकलाई निकै रोमान्चित बनाउने कम्पनीले दाबी गरेको छ । यसको आधिकारीक बिक्री बितरण भने सन् २०१८ को मध्यबाट सुरु हुने छ ।

नेपाली बजारमा निकै चर्चित बनेको सेन्ट्रो पुनः चर्चित बन्ला त्यो भने हेर्न बाँकी नै रहने छ ।


क्लिकमान्डु