१३ बर्षदेखि प्रत्येक बिहान टुडिखेलमा निःशुल्क योगा सिकाउदै गंगा




काठमाडौं । कुनै समय आपूmलाई प्रेशर, मानसिक तनाव तथा शारीरिक स्थिरता भएको अनुभव गर्ने गरेकी गंगा महर्जन पछिल्लो समय आपूmलाई स्वस्थ र तन्दुरुस्त महसुस गर्न थालेकी छिन् । यो सब उनको लागि एउटा चमत्कार नै साबित भएको छ ।

न्यूरोड टेबहालबाट बिहानै बाहिर निस्कदा गंगालाई टुडिखेलको चौरमा अरुले योगा गरिरहेको देख्दा यी मानिसहरु किन यसरी सुत्न छाडेर यस्तो कसरत गर्न आएका होलान् जस्तो लाग्ने गथ्र्यो । बिस्तारै छरछिमेकी र साथीभाइहरुसँग आफुलाई हुने समस्याहरु बताउँदा उनीहरुले योगा गर्ने सल्लाह दिएपछि गंगा महर्जन योगाप्रति आकर्षित भएकी थिइन् ।

‘सकिनसकी योगा गर्ने गर्थे, कहिलेकाहीँ त नजाउँ जस्तो पनि लाग्थ्यो, पछि जाँदाजाँदा बानी प¥यो’ महर्जनले सुनाइन् ।

यसरी योगा गरेको ९ महिनापछि महर्जन आफूले जस्तो अरुले पनि निःशुल्क योग सिक्न पाउन भन्ने उपायको खोजीमा लागिन् ।

यही उपायको खोजीले उनलाई २०६३ सालमा मुक्ति योग ध्यान प्रतिष्ठान स्थापना गर्ने अबस्थासम्म पुर्यायो । आफ्ना योगा गुरु लिलानन्द योगीको सल्लाहमा योगा प्रतिष्ठान स्थापना पछि उनी आफै योगा सिकाउन लागिन् ।

योगाले मानिसलाई फुर्तिलो बनाउने र उसको तनावपूर्ण दैनिकीलाई एउटा सन्तुस्टीको बाटोमा लाने भएकोले आफूले अहिलेसम्म योगालाई निरन्तर दिइरहेको उनले बताइन् ।

योगा प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी उनी पछिल्लो समय टुडिखेलमा बिहान साढे ६ बजेदेखि ७ बजेसम्म योगा सिकाउने गर्छिन् । गर्मीको मौसममा योगा गर्नेको संख्या ३ सयभन्दा बढी पुग्ने भएपनि जाडोले गर्दा अहिले मानिसहरु कम आउने गरेको महर्जनले सुनाइन् ।

उक्त प्रतिष्ठानले आयोजना गरेको ३५ दिने योग साधना शिक्षक÷शिक्षिका तालिमबाट ४० जना योगा शिक्षक पनि उत्पादन गरेको छ । प्रतिष्ठानले यसरी योगा सिकाए बापत मासिक रुपमा इच्छा दान उठाउने गरेको छ । इच्छा दानबाट उठाएको पैसाले साउन्ड सिस्टम किन्ने, समितिमा भएका मानिसहरुलाई समस्या पर्दा सहयोग दिने गरेको उनको भनाइ छ ।

सो प्रतिष्ठानले समय समयमा विभिन्न अनाथालय, वृद्धाश्रमहरुमा दान दिने र खाना खुवाउने जस्ता काम पनि गर्दै आएको छ ।

संस्थाले योगा सिक्न आउनेहरुलाई सःशुल्क रुपमा म्याटेस पनि प्रदान गर्ने गरेको छ । म्याटेस प्रतिव्यक्ति ५ सय रुपैयाँमा वितरण गर्ने गरेको महर्जनको भनाइ छ ।

यस्तै प्रतिष्ठानले डा.चन्द्रमणी खनाल, ललित शंकर योगी, जयराम केसी, सुबर्णलाल चित्रकार र सन्तोस महर्जन जस्ता ठूला योगा गुरुहरुबाट पनि योगा सिकाउने काम गर्दै आएको छ ।

अहिले प्रतिष्ठानले टुडिखेलमा मात्र नभइ डल्लु र किर्तिपूर जस्ता विभिन्न स्थानमा पनि योगा शिक्षा सञ्चालनमा ल्याएको महर्जन बताउछिन् ।

उच्च रक्तचाप, कब्जियत, मदुमेह तथा कोल्डस्टोर जस्ता जुन सुकै रोग पनि योगाले निको हुन सक्ने उनको भनाइ छ ।

उनी भन्छिन् ‘धेरै समय सुतेर के मिल्छ, योगा गर्यो भने स्वास्थ्य पनि सुद्रिन्छ, फुर्तिलो पनि हुइन्छ, योगाको बेफाइदा छैन, फाइदा मात्रै छ, त्यसैले सबैले गर्नु राम्रो हुन्छ,’ महर्जन भन्छिन् ।

उनको भनाइमा योगा रोगी र वृद्धको लागि मात्र होइन, यो बच्चादेखि वृद्ध सबैको लागि उत्तिकै महत्वपूर्ण हुने गर्छ ।

उनले उदाहरण दिँदै भन्नि ‘भखरै मात्र टुडिखेलमा योगा गर्न आउने कालिमाटीका गंगा रामको हातमा घाउँ, मोटोपन र उच्च रक्तचापको समस्या थियो । तर, ६ महिना भयो योगा गरेको, अहिले उनको हातको घाउ पनि हरायो, प्रेसर पनि ठिक छ र पेट पनि घट्यो । योगाले मान्छेको जीवनमा यसरी परिवर्तन ल्याउँछ ।’

१३ जनाको सदस्य, १५ जना योगा शिक्षक र ८ जना सल्लाहकार रहेको मुक्ति योग ध्यान प्रतिष्ठानले पौष ८ गते यसको १३औँ वार्षिक उत्सव मनायो ।

सबै मानिस निरोगी र फुर्तिला बनुन् भन्ने उनको एकमात्र उद्देश्य रहेको बताइन् ।


क्लिकमान्डु