यस्ता छन् महिलालाई आकर्षक र स्टाइलिस् देखाउने जाडोका फेसनहरु




काठमाडौं । दिनानु दिन जाडो बढ्दो क्रममा छ । हरेक महिलाहरु आफू अरुभन्दा फरक र एट्रयाक्टिभ देखियोस् भन्ने चाहन्छन् । महिलाको यही चाहनाको कारण कतिपय पार्टीहरुमा महिलाको पहिरन र मौसमको बारेमा चर्चा परिचर्चा पनि हुने गरेको छ ।

जाडोको समयमा आकर्षक देखिने कि शरिरलाई न्यायो बनाउने भन्ने विकल्पले महिलालाई निकै सताउने गरेको छ । आकर्षकसँगै न्यायो पनि प्राप्त हुने विकल्प प्राप्त भयो भने सुनमा सुगन्ध नै हुन्छ होला ।

यसको लागि केही सजिलो तरिकाहरु पनि छन्, जसबाट तपाइ जाडोसँग बच्नुका साथै आफूलाई अरुभन्दा सुन्दर र फेसनएबल पनि देखिन सक्नुहुने छ । यसका लागि हामीले केही विकल्प दिएका छौं, जुन तपाइलाई उपयोगी हुन सक्छ ।

वानपिस र पश्मिनाको सलः जाडोमा सल ओड्ने कल्चर नै बनेको छ । उपत्यकामा विवाहित महिलाले मात्र नभइ युवतीहरु माझ पनि पश्मिनाको सल निकै प्रचलनमा आएको छ । यो पश्मिनाको सलको मूल्य १ हजार ८ सय रुपैयाँ पर्ने हेरिटेज कपडा कपसलकी व्यापारी मुना तामाङले बताइन् ।

कालो रंगले घामको ताक्रमलाई आफू तर्फ तान्ने हुँदा कालो रंगका कपडाहरु जाडोमा धेरै प्रयोगमा आउने गर्छन् । माथि भनिएको पश्मिनाकोे सललाई कालो रंगको वानपिसमा लगाइयो भने यसले जाडो छेक्नुका साथै इस्टायलिस पनि देखाउन मद्दत गर्नेछ । यो वान पिसको मूल्य १ हजार ५ सय रुपैयाँ रहेको छ । यी दुबै सेट किन्दा यसको मूल्य ३ हजार ३ सय रुपैयाँ पर्न जान्छ ।

उनल लुज स्वीटरः बजारमा हातले बुनेका उलन लुज सुइटर पनि पाइन्छ । यसको मूल्य २ हजार २ सय रुपैयाँ रहेको लुलुस फेसनकी व्यापारी पबिना जोशी बताउछिन् । यस्तै डमीमा प्रयोग गरिएको उलन स्काफ र उलन टोपी भने भारतमा बनेको हो । स्काफ र टोपी सेटनै किन्दा यसको मूल्य ६ सय ५० रुपैयाँ पर्ने जोशीको भनाइ छ ।

ओरेन्ज रंगको उलन स्वेटरलाई ग्रेरंगको स्काफ र टोपीको यो फेसनले तपाइललाई जाडोबाट बचाउने त छ नै साथै तपाइलाई अरु माझ एक्स्ट्रा लुक्स र इस्टायलिस देखाउनमा मद्दत गर्छ । यसको सेटदनै किन्दा २ हजार ८ सय ५० रुपैयाँसम्म पर्ने ब्यापारी बताउँछन् ।

उलन पन्चोः नेपाली बजारमा जाडो बढेसँगै पन्चो पनि निकै प्रयोगमा आउन थालेको छ । पन्चो प्रयोग गर्दा घाटीको भागलाई बढी महत्व दिएर लगाउने गरिन्छ । स्टाइलिस फलिङ नेक, राउन्ड नेक, फ्रन्ट ओपन र टोपी भएको पन्चो अहिले फेसनको रुपमा बढी प्रयोग हुने गरेको छ ।

उलनको पन्चो जाडोमा धेरै प्रयोग हुने गर्छ । अहिले बजारमा उलन पन्चो १ हजार २ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्मा विक्री हुने गरेको वीलभ ह्यानमेडकी व्यापारी निर्मला भण्डारी बताउछिन् । यो पन्चो नेपालमै बनेको पन्चो मध्ये एक हो ।

ओभरकोटः नेपाली बजारमा थाइल्याण्डमा बनेका ओभरकोट सहजै पाइन्छ । यसमा बेल्ट पनि हुन्छ । जाडो बढेसँगै मानिसहरुमा ओभर कोर्टको प्रयोग बढ्दो देखिन्छ । यस्तो ओभर कोट युवतीहरुले बढी लगाउने गर्छन् । यसको मूल्य ३ हजार ८ सय रुपैयाँ रहेको ग्रिन स्काफका व्यापारी नबिन श्रेष्ठले बताए । यो कोट कालो, खैरो र पिंक रंग गरी ३ वटा रंगमा किन्न सकिने श्रेष्ठ बताउछन् ।

पिन्टेड ज्याकेटः यस्तै अहिले बजारमा जाडो छेक्नकै लागि प्रिन्टेड ज्याकेटहरु पनि आउन थालेको छ । यस्ता प्रिन्टेड ज्याकेटको मूल्य १ हजार ६ सय रुपैयाँ पर्ने लुलुस फेसनकी व्यापारी जोशीले बताइन् । यो कालो, निलो र हरियो रंगमा उपलब्ध छ ।


क्लिकमान्डु