रोजगरीको खाजिमा हुनुहुन्छ भने सेनाले माग्यो १०३ जना कर्मचारी



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा १०३ जना प्राविधिक पदिक तथा बिल्लादारको दरखास्त आह्वान गरेको छ ।

सेनाले आज एक सूचना प्रकाशित गरी ती पदमा आवेदन दिन आग्रह गरेको हो ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रकाशित गरेको सूचानअनुसार पाविधिक सुवेदार पदमा १० जनाको माग गरेको छ ।

यस्तै प्राविधिक जमदार स्टील फोटोग्राफर १, प्राविधिक अमल्दार एफ एफका लागि १, प्राविधिक अमल्दार छापाखानाका लागि १, कम्प्युटर ७, प्राविधिक अमल्दार भेहिकलका लागि २० जनाको आवेदन मागेको छ ।

यस्तै मेकानिस्कका लागि २०, एसी मेकानिस्कका लागि २० जना माग गरेको सेनाले जेनेरेटर मेकानिस्कका लागि १० जना, जनरल मेकानिस्का लागि १० जना, प्याराचुट फोल्डर २ जना, बाजा मर्मतका लागि १ र भेटिनरीका लागि ५ जनाको आवेदन माग गरेको छ ।


क्लिकमान्डु