जहाज चड्दा फुरेको आइडियाले अर्बपति बनेका यी दुई गृहिणी



काठमाडौं । ‘तपाईको मनमा केही बिचार रहेको छ भने घरि घरि त्यसको बारेमा सोच्नु भन्दा कामगर्दै अघि बढ्नुहोस ।’

यो भनाइ एक सफल महिला ब्यवसायीको हो । जसले आफ्नै व्यवसाय गर्न चहाने मानिसहरुको लागि भनेकी हुन् । बारबरा ब्राडली र पेट्रिसिया आर मिलर सुप्रसिद्ध ब्राण्ड वेरा ब्राडलीको संस्थापिका हुन् । उनीहरुको कम्पनी ‘वेरा ब्राडली’ विश्व प्रसिद्ध ब्याग डिजाइन गर्ने अमेरिकन कम्पनी हो ।

फोब्र्स पत्रिकाका अनुसार बारबरा र पेट्रिसिया आफ्नो मेहेनतबाट शून्यदेखि करोडौको शिखरमा पुग्न सफल भएका अमेरिकी महिला मध्येका एक हुन् । यी दुई महिलाले २५ हजार रुपैयाँ (२५० अमेरिकी डलर) बाट सुरु गरेको व्यवसाय अहिले बार्षिक ५६ अर्ब रुपैयाँको कारोबार गर्ने विश्व प्रसिद्ध ब्राण्ड बनेको छ ।

१९८२ मा बारबरा ब्राडली र उनकी घनिष्ट साथी पेट्रिसिया मिलर अटलान्टाबाट उड्न लागेका थिए । हवाइ उडानको समयमा उनीहरुले देखे कि धेरै जसो मानिसहरु हेर्दा नराम्रो देखिने ब्याग लिएर यात्रा गर्न आएका थिए । ती ब्यागका डिजाइन हेरेर राम्रा व्यागको डिजाइन बनाउने निस्कर्षमा उनीहरु पुगे ।

एक साधारण गृहिणीबाट ५५० मिलियन डलरभन्दा बढी वार्षिक विक्री गर्ने एक ब्रान्डकी संस्थापिका बारबरा ब्राडली र पेट्रिसिया अहिले अमेरिकी फेशन उद्योगमा प्रशिद्ध मानिस बनेका छन् ।

गृहिणीका रुपमा रहेका बारबरा र पेट्रिसियासँग आफ्नै कम्पनी सुरु गर्नको लागि पैसा पनि थिएन । त्यसैले उनीहरुले आफ्ना श्रीमानसँग २५० डलर लिएर रंगिन ब्याग बनाउन केही फूल भएको हल्का कपडाहरु किने ।

अफिसको रुपमा बारबराको बेसमेन्टमा बसेर दुबै जनाले काम गर्न सुरु गरे । केही समयपछि नै उनीहरुले पत्रपत्रिकामा बिज्ञापन निकालेर आफ्नै घरमा सिलाईको काम गर्न चाहनेहरुको माग गरे ।

घरबाटै कामगर्न चाहनेका लागि कपडा काटेर एउटा जिपर र अन्य जरुरी सामाग्रीहरु जम्मा गरी झोलामा राखेर ती महिलाहरुलाई दिने गर्थे, त्यसपछि उनीहरु घरमै बसेर सिलाई गर्दर्थे ।

बारबराकी आमा बेरा ब्राण्डली पूर्व मोडल र महिलाहरुको लागि एक प्रमुख प्रेरणाकी श्रोत थिइन् । त्यसैले उनीहरुले उनको नामबाट वेरा ब्राडली कम्पनी खोल्ने निर्णय गरे ।

एउटा समय थियो, जब उनको काम अगाडि बढाउनको लागि पैसाको आवश्यकता परेको थियो । उनको यस योजनालाई विश्वास गरेर उनको साथीले २५ हजार डलर दिएका थिए ।

उनले चेक दिदै भनेका थिए ‘यदि तिमी सफल भए यो मैले दिएको पैसा ऋण हुने छ, असफल भयौं भने यो तिम्रो लागि उपहार हुने छ ।’ पहिलो वर्षमा उनीहरुको कम्पनीले १० हजार डलर बराबरको उत्पादन बिक्री गरेको थियो । र, तेस्रो वर्षसम्म पुग्दा १० लाख डलरको कारोबार गर्ने कम्पनी बन्यो ।

सन् २००७ मा बारबरा र पेट्रिसियाले आफ्नो पहिलो खुद्रा स्टोर खोले । उनको सामान खरिदगर्ने ग्राहकहरु ८ देखि ८० वर्षसम्मका छन् । उनीहरुले बेबी ब्याग, छात्र व्यागप्याग र सहायक उपकरणहरुको एउटा विशाल श्रृंखलाको सुभारम्भ गरे ।

डिजाइनरहरुका अनुसार यो खुद्रा स्टोर अंग्रेजी र फ्रेन्च डिजाइनबाट प्रेरित भएर तयार पारिएको थियो ।

व्यापार बढाउनमा साथीहरु र परिवारको सहयोग याद गर्दै बारबरा भन्छिन् ‘बुबाले मलाई तीन कुरा भन्नुहुन्थ्यो, पहिलो व्यापारमा आफैलाई पहिला प्रस्तुत गर्ने, दोस्रो आफ्नो कम्पनी र तेस्रो उत्पादन । व्यापार सम्बन्धको निमार्णकर्ता हो, र कम्पनी तपाईको नैतिकताको प्रतिबिम्ब हो ।’

एक साधारण गृहिणीबाट ५५० मिलियन डलरभन्दा बढी वार्षिक विक्री गर्ने एक ब्रान्डकी संस्थापिका बारबरा ब्राडली र पेट्रिसिया अहिले अमेरिकी फेशन उद्योगमा प्रशिद्ध मानिस बनेका छन् ।

उनीहरुको मित्रतानै वेरा ब्रैडलीको सफलताको आधार बनेको छ । आज यो लेबल रंगिन प्रिन्ट र उच्च कोमल गृणस्तर भएको कपास ब्याग भनेर चिनिने गर्छ ।

पछिल्लो समय उक्त ब्राण्डले ह्याड ब्याग मात्र नभइ कपडा, चश्मा, पर्फ्युम र गरगहना जस्ता सामाग्री बजारमा ल्याएको छ ।


क्लिकमान्डु