१३ गते देखि जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी



काठमाडौं। फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको जानकारी दिएको छ ।

एशोसिएशनले आईतवार पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलमा १३ गते देखि १८ गतेसम्म १४र्औ जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी आयाजना गर्ने जानकारी दिएको हो ।

सो प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पदकहरु, र यस उद्योग हरुकालागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरक हरुको समेत सहभागीता रहने छ ।

त्यसैगरि छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योग संग सम्बन्धित कच्चा पदार्थहरुतथा फुड स्टलहरु रहने प्रदर्शनीका संयोजक नानिराज घिमिरेले जानकारी दिए ।

“आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग” यस प्रदर्शनीको मूल नारा रहेको छ भने कलाकार निर शाहलाई ब्राण्ड एम्बेस्डरको रुपमा राखेको छ ।

प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संघले जानकारी दियो । नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु राखिने र शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाईने जानकारी दिईयो ।

स्कुल तथा कलेजबाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको बताईएको छ ।


क्लिकमान्डु