पार्टीमा लगाउने कपडाको सुरक्षा कसरी गर्ने ? अपनाउनुस् यी ४ उपाए



काठमाडौं । पार्टी एवम् उत्सवमा सहभागी हुनका लागि मानिसले राम्रो र सुकिलो लुगाको जोगो गर्ने गर्छन । त्यसमा पनि महंगा कपडा धेरैको रोजाइमा पर्ने गर्छ ।

महंगो, सफा र नौलो डिजाइनको कपडा पार्टी एवम् उत्सवमा सहभागी हुने सबैको रोजाईमा पर्नु स्वभाबिक हो । यदि तपाईलाइ पनि यस्तो विचारको सर्मथक हुनुहुन्छ भने त्यस्ता कपडा बचाउन केही कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

यी ४ तरिकाले हामीले हाम्रो फेसनेवल पहिरनमा सुरक्षा अपनाउँन सक्छौँ ।

ओसिलो ठाँउमा नराख्नेः तपाइले आफ्नो पार्टीमा लगाउने कपडालाई सुरक्षित राख्न चाहनुहुन्छ भने ओसिलो ठाँउमा राख्नु राम्रो मानिदैँन । कपडालाई यस्तो स्थानमा राख्दा कपडाको चमक बचाउन सकिदैन । यदि यस्ता कपडालाई मलमलको कपडाले ढाकेर राख्नु उत्तम मानिन्छ ।

ह्याङ्गरको प्रयोगः आफ्नो मनपर्ने कपडालाई थप सुरक्षा दिन ह्याङ्गरको प्रयोग गर्न सकिन्छ । ह्याङ्गरमा झुण्डाएर दराजमा राख्दा कपडा सुरक्षित हुन्छ ।

प्रयोग गर्नासाथ सफाईः कुनै पनि उत्सवमा सामेल हुनै बित्तिकै कपडालाई धुएर राम्रोसँग सुकाएर राख्नुपर्छ । यस्तो गर्नाले कपडा दाग बस्ने सम्भावना न्युन हुन्छ भने कपडाको कलर उठेर फुस्रो हुन पाउँदैन ।

परफ्यूमको प्रयोग नगर्नेः क्षणीक सुगन्धको लागि सकभर पार्टीमा लगाउने कपडामा परफ्यूम, अत्तर जस्ता वस्तुको प्रयोग गर्नु खराब हुन्छ । यसले कपडालाई चाँडो डिस्कलर बनाउन सक्छ ।


क्लिकमान्डु