हेटौडा सिमेन्टले माग्यो १०० जना कर्मचारी, ७ तहदेखि हेल्परसम्म



काठमाडौं । सरकारी स्वमित्वको हैटौडा सिमेन्ट उद्योगले १०० जनालाई जागिर दिने भएको छ । रोजगारी सम्बन्धी सूचना आज प्रकाशित गरेर उद्योगले आज आवेदन दिन आग्रह गरेको हो ।

नेपालकै गुणस्तरयुक्त सिमेन्ट उत्पादन गर्ने उद्योग गत वर्षदेखि थप सशक्त रुपमा अगाडि बढेको हो । मुलुकभर नै लोडसेडिङमुक्त भएपछि उद्योगको उत्पादन क्षमता समेत बढेको छ ।

उद्योगले ७ तहका इन्जिनियर वा खानी अधिकृत, ६ औं हतका प्रशासकिय अधिकृत, ६ औं तहकै अधिकृत केमिस्टदेखि २ तहका हेल्परसम्मको आवेदन दिन आग्रह गरेको छ ।

प्रशासकिय अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्तानतक तह उत्र्तीण गरेकाले आवेदन दिन सक्नेछन् भने ७ औं तहका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट माइनिङ इन्जिनियरिङ गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । हेल्पर पदमा भने मान्यताप्राप्त विद्यालय वा राष्ट्रिय सिप परिक्षण समितिबाट तह २को सिप परिक्षणमा उत्र्तीण भएकाले आवेदन दिन सक्नेछन् ।

नेपालको सिमेन्ट उद्योगमा बेग्लै पहिचान बनाएको उक्त उद्योगको रोजगारी आर्कषक रोजगारी मध्येको एक हो । रोजगारीका लागि सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


क्लिकमान्डु