नेपाल बैंकले माग्यो ४६ जना कर्मचारी, दश कक्षा पास भएकाले पनि भर्न पाउने



काठमाडौं । नेपाल बैंकले ४६ जना कर्मचारी माग गरेको छ । बैंकले सञ्चारवाहक पदमा ती कर्मचारी माग गरेको हो ।

आज एक सूचना मार्फत बैंकले करार सेवामा ती कर्मचारीको आवेदन माग गरेको हो ।

सबैभन्दा बढी काठमाडौंमा ८ जना कर्मचारी माग गरेको बैंकले मान्यताप्राप्त शैक्षिक संस्थाबाट १० कक्षा पास गरेका नेपाली नागरिकलाई आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

अन्तरवार्ता लिएर सरल प्रक्रियाबाट सेवा प्रवेश गर्न पाउने व्यवस्था गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ । १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका र महिलाको हकमा ४० वर्ष उमेर पुगेकाले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले तोकेबमोजिमको तलब सेवा सुविधा प्राप्त गर्न सकिने भएकाले जागिर आर्कषक रहेको छ ।

४०० रुपैयाँ तिरेर आवेदन फर्म लिन सकिने बैंकले जनाएको छ । आगामी १५ दिन भित्र आवेदन गर्नसमेत बैंकले भनेको छ ।


क्लिकमान्डु