हिमालयन जनरल इन्स्योरेन्स २५ बर्षमा



काठमाडौं । हिमालयन इन्स्योरेन्स कम्पनी २५ औं वर्ष प्रवेश गरेको छ । शो अवसरमा, कम्पनीले आगामी वर्षहरुमा सामाजिक सेवाका क्षेत्रमा योगदान बढाउने र कम्पनीले गर्ने भाबि योजनाको घोषणा गरेको छ ।

यस कम्पनीको चुक्ता पुँजी १ अर्व रुपैंयाँ पुगेको छ । यो निर्जिवन कम्पनीहरुको सबैभन्दा बढि चुक्तपुँजी भएको कम्पनीले दाबी गरेको छ ।
कम्पनी २५ बर्ष प्रबेशको अबशरमा अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले कम्पनीको यात्रामा सहयोग गर्ने बिमित, कर्मचारी नियामक सबैलाई धन्यवाद दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले आगामी दिनहरुमा कम्पनीले सेवा प्रदान गर्न सक्ने व्यवसायिक तथा संस्थागत सामाजिक दायित्व निर्वाह गर्नकालागि आफुहरु उत्शुक रहेको बताए ।


क्लिकमान्डु