भारतमा मोदी म्याजिक जारी, गुजरात र हिमाचल दुबै प्रदेशमा बहुमत



काठमाडौं । भारतमा भएको २ प्रदेशको विधानसभा निर्वाचनको अन्तिम परिणाम आईरहेको छ । सुरुवाति मतगणनामा भाजपासँग कडा प्रतिस्पर्धामा देखिएको कांग्रेस दुबै प्रदेशमा पराजित हुने भएको छ ।

यो विधानसभा निर्वाचनलाई सबै भारतीय मिडियाले मोदीको लोकप्रियता जाँच्ने निर्वाचनको रुपमा लिएका थिए । आगामी लोकसभा निर्वाचन सन् २०१९ मा हुने छ ।

आज मतगणना भएको गुजरातमा १८२ बिधानसभा सिट मध्ये भाजपाले १०१ स्थानमा अग्रता निकालेको छ भने कांग्रेसले ७९ स्थानमा अग्रता हाँसिल गरेको छ ।

चुनावी परिणाम पछि ट्वीट गर्दै मोदीले ‘जीता विकास, जीता गुजरात’ भन्ने कमेन्ट गरेका छन् । गुजरातमा बिगत २२ बर्षदेखि बीजेपीको सरकार रहेको छ ।

उता हिमाचल प्रदेशको बिधानसभामा पनि भाजपाले प्रस्ट बहुमत पाउने भएको छ । ६८ सिट रहेको हिमाचलमा बीजेपीले ४३ स्थानमा अग्रता हाँसिल गरेको छ । यहाँ सरकार चलाईरहेको कांग्रेसले २१ स्थानमा मात्र अग्रता बनाएको छ ।


क्लिकमान्डु