गुजरात निर्वाचनः कांग्रेसको अग्रता, बीजेपी पछाडि, के भरतमा मोदी कमजोर भएकै हुन् ?



काठमाडौं । भारतको गुजरात र हिमाचल प्रदेशमा भएको बिधानसभा निर्वाचनको मत गणना सुरु भएको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार ३ पटक स्पस्ट बहुमतसहित सरकार बनाएको गुजरातामा भएको निर्वाचनमा यस पटकपनि मोदीले आफ्नो प्रतिष्ठाको बिषय बनाएर निर्वाचन प्रचार प्रसारमा जोड बल लगाएका थिए ।

१८२ बिधान सभाको लागि भएको निर्वाचनमा सुरुवाति आंकडा अनुसार भारतीय जनता पार्टीले ८१ स्थानमा अग्रता कायम गरेको छ भने, कांग्रेसल ८४ स्थानमा अग्रता लिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

हिमाचल प्रदेशको सुरुवाति परिणाम अनुसार भाजपाले २५ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले १८ स्थानमा अग्रता लिएको छ । यहाँ ६८ बिधानसभा सिट रहेको छ । यसअघि यहाँ कांगे्रसको सरकार रहेको थियो ।


क्लिकमान्डु